+

पीएम कपमा आर्मीको लगातार दोस्रो जित, सुदूरको दोस्रो हार

२०८१ फागुन  २८ गते १५:१३ २०८१ फागुन २८ गते १५:१३
पीएम कपमा आर्मीको लगातार दोस्रो जित, सुदूरको दोस्रो हार

२८ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।

सिदार्थ रंगशालामा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो । सुदूरले दिएको ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।

आर्मीका लागि सन्तोष कार्कीले अविजित ५५ तथा तृत राज दासले ३१ रन बनाए । कप्तान विनोद भण्डारीले अविजित २० रन बनाए । सुदूरका मिलन बोहरा र शेर मल्लले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले ४५.३ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियो । निश्चल क्षेत्री ४९ रनमा अविजित रहेपनि अन्यबाट साथ पाउन सकेनन्। सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए ।

आर्मीका शाहब आलमले १० ओभरमा १९ रन दिएर ४ विकेट लिए भने सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले १-१ विकेट लिए ।

सुदूरपश्चिम प्रदेशले पहिलो खेलमा कर्णाली प्रदेशसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो । त्रिभुवन आर्मीले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय