+

पीएम कपमा पुलिसको दोस्रो जित, कोशीको तेस्रो हार

२०८१ फागुन  २८ गते १६:०९ २०८१ फागुन २८ गते १६:०९
पीएम कपमा पुलिसको दोस्रो जित, कोशीको तेस्रो हार

२८ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशले लगातार तेस्रो हार व्यहोरेको छ ।

बुधबार एकस्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले कोशीलाई १५४ रनको फराकिलो अन्तरले हराएको हो । पुलिसले दिएको २८९ रनको बलियो लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १३४ रनमा अलआउट भयो ।

कोशीका लागि सुजन थपलिया ३३ रनमा अविजित रहे भने कप्तान अंकित सुवेदीले २१ रन बनाए । शाकिब हकले १७ र फिर्दोश अन्सारीले १० रन बनाए ।

पुलिसका करण केसीले ८ ओभरमा २९ रन दिएर ३ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले २-२ तथा सागर ढकाल, दिपेन्द्रसिंह ऐरी र गुल्शन झाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनायो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । त्यस्तै दिलिप नाथले ६१ रन बनाए ।

राशिद खान र अर्जुन साउदले समान ३८ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शन झाले २१ रन बनाए ।

कोशीका भुपाल लुइटेलले १० ‌ओभरमा ३७ रन दिएर ३ विकेट लिए । प्रकाश कार्कीले २ तथा दिपेश कँडेल, फिर्दोश अन्सारी र शर्वन किस्कुले १-१ विकेट लिए ।

हालसम्म दुई खेलमा जितविहीज रहेको कोशी प्रदेशले लुम्बिनी प्रदेश र मधेश प्रदेशसँग हार व्यहोरेको थियो भने नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई हराएको थियो ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय