+
+
Shares

बसको सिटमा बेहोस भेटिएका व्यक्तिलाई अस्पताल पुर्‍याउँदा मृत घोषणा

बी१ नम्बरको सिटमा बसेका ती व्यक्तिलाई बसमा सवार अन्य यात्रुहरूले अचेत अवस्थामा देखेपछि चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १६:२१

२८ फागुन, रुकुमपूर्व । काठमाडौंबाट रुकुमकोटतर्फ आउँदै गरेको एक यात्रुबाहक बसको सिटमा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ ।

घोडाघोडी समितिको यात्रुबाहक बस (प्रदेश ३-०१-००५ ख ९५४२) मा अन्दाजी ५०/५५ वर्षीय एक पुरुष बेहोस सिटमा बेहोस अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीका अनुसार बेहाेस अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल रुकुम (पूर्व) रुकुमकोट पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई बुधबार दिउँसो १२:२० बजे मृत घोषणा गरेका हुन् ।

बी१ नम्बरको सिटमा बसेका ती व्यक्तिलाई बसमा सवार अन्य यात्रुहरूले अचेत अवस्थामा देखेपछि चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए ।

मृतकका आफन्तहरू सम्पर्कमा आइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?