+
+
Shares
फिल्म :

प्रधानमन्त्रीका अभिव्यक्तिको दृश्यमा कैंची चलाउँदै ‘राजागञ्ज’लाई प्रदर्शन अनुमति

अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा रनटाइम यथावत राखिने

‘समितिले जे कुरा काट्छ र सेन्सर गर्छ । त्यस्तै देखाउँछौ । अन्य दृश्य र संवादले रिप्लेस गर्नेछैनौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हामी अडिग छौं भन्ने सन्देश हामीले दिन खोजेका हौं र दर्शकले पनि त्यो कुरा बुझ्नुहुनेछ भन्ने लाग्छ’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १६:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यसहितमा कैंची चलाउँदै केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘राजागञ्ज’लाई प्रदर्शन अनुमति दिएको छ ।

सबै उमेर समूहका दर्शकले हेर्न पाउने गरि युनिभर्सल प्रमाणपत्र फिल्मले पाएको निर्देशक दीपक रौनियारले अनलाइनखबरलाई जानकारी दिए । समितिले फिल्मका केही दृश्य र संवाद हेर्न नमिल्ने गराएपनि फिल्मको रनटाइम भने यथावत राखिने निर्देशक रौनियारको भनाई छ ।

फिल्मको रनटाइम १ घण्टा ४८ मिनेट तय छ । ‘फिल्मलाई समयमै हेर्न पाउने दर्शकको अधिकारलाई कायमै राख्दै हामीले सेन्सर बोर्डले भनेका कुरालाई हटायौं’ निर्देशक रौनियारले भने, ‘तर, हटाइएका दृश्यमा खाली ठाउँ राखिनेछ वा बीप हुनेछ । अन्य कुनै दृश्य र संवादले त्यसलाई रिप्लेस गरिनेछैन ।’

अभिव्यक्ति स्वतन्त्रताको लागि भएपनि फिल्मको पुनःसम्पादन नगरिने रौनियारले बताए । ‘समितिले जे कुरा काट्छ र सेन्सर गर्छ । त्यस्तै देखाउँछौ । अन्य दृश्य र संवादले रिप्लेस गर्नेछैनौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हामी अडिग छौं भन्ने सन्देश हामीले दिन खोजेका हौं र दर्शकले पनि त्यो कुरा बुझ्नुहुनेछ भन्ने लाग्छ’ उनले भने ।

निर्देशक रौनियारले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउन समेत दर्शकलाई आग्रह गरे ।

केन्द्रीय चलचित्र जाँच समितिले ९ वर्षअघि एमाले अध्यक्षको रुपमा प्रधानमन्त्री ओलीले भनेका केही अभिव्यक्तिसहितका दृश्य र संवादमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । अब भने ‘राजागञ्ज’लाई प्रदर्शनको बाटो खुलेको छ । यो फिल्म चैत १ गतेदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?