+

चिकित्सा शिक्षा आयोगले निकाल्यो वार्षिक क्यालेन्डर, कुन तहको प्रवेश परीक्षा कहिले ?

२०८१ फागुन  २८ गते १६:५९ २०८१ फागुन २८ गते १६:५९
चिकित्सा शिक्षा आयोगले निकाल्यो वार्षिक क्यालेन्डर, कुन तहको प्रवेश परीक्षा कहिले ?

२८ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । आयोगले स्नातक, स्नातकोत्तर, स्पेसियालिटी र डिएम, एमसिएच एवम् सवस्पेसियालिटी तहको प्रवेश परीक्षाका लागि वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

शैक्षिक वर्ष २०८२-२०८३ को क्यालेन्डर अनुसार स्नातक तहको प्रवेश परीक्षका लागि आयोगले २०८२  साउन दोस्रो साता आवेदन खोल्नेछ । असोज पहिलो साता एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने आयोगले जानकारी दिएको छ । म्याचिङ सकेर पुसको चौथो सातामा कक्षा प्रारम्भ हुनेछ ।

स्नातकोत्तर तह(पीजी)को एकीकृत परीक्षाका लागि २०८२ मंसिर पहिलो साता फारम खुल्नेछ र माघ दोस्रो साता प्रवेश परीक्षा हुनेछ । २०८३ वैशाख पहिलो साता पीजीको कक्षा प्रारम्भ हुने आयोगले जनाएको छ ।

डिएम/एमसिएच एवम् सवस्पेसियालिटीका लागि असार दोस्रो साता आवेदन खुल्ने, साउन दोस्रो साता प्रवेश परीक्षा हुने र कार्तिक पहिलो साता कक्षा प्रारम्भ हुनेछ ।

चिकित्सा शिक्षा आयोग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय