+
+
Shares

अध्यादेश प्रतिस्थापन विधेयकविरुद्धका सबै सूचना अस्वीकृत

बुधबार प्रतिनिधिसभामा विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत भएका छन् । विधेयक प्रस्तुत हुनु अगाडि परेका विरोधका सूचना निर्णयार्थ प्रस्तुत गरिएको थियो । जसलाई सभाले बहुमतले अस्वीकृत गरिदिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १७:०५

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभामा अध्यादेश प्रतिस्थापन विधेयकका विरोधका सबै सूचना अस्वीकृत भएको छ ।

बुधबार प्रतिनिधिसभामा विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत भएका छन् । विधेयक प्रस्तुत हुनु अगाडि परेका विरोधका सूचना निर्णयार्थ प्रस्तुत गरिएको थियो । जसलाई सभाले बहुमतले अस्वीकृत गरिदिएको हो ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेले विरोधको सूचना दर्ता गरेका थिए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ) माधव सापकोटाले विरोधको सूचना दिएका थिए ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, शेरबहादुर कुँवर, प्रेम सुवाल र रणेन्द्र बरालीले विरोधको सूचना दिएका थिए ।

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, राजेन्द्रप्रसाद पाण्डे, प्रेम सुवाल र मिना तामाङले विरोधको सूचना दर्ता गरेका थिए ।

सबै विरोधको सूचना अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले विधेयक सभामा प्रस्तुत गरेका हुन् ।

विधेयक प्रस्तुत भएसँगै अब ती विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । सैद्धान्तिक छलफलपछि सांसदहरूले संशोधन प्रस्ताव राख्न सक्छन् । सांसदको संशोधन प्रस्ताव र विधेयकलाई एकै ठाउँमा राखेर दफावार छलफल हुँदै विधेयक अगाडि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?