+
+
Shares

भ्रष्टाचारका मुद्दामा संवैधानिक निकायले गरेको अनुसन्धानमा शंका छ, विकल्पमा जाऔं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १७:१०

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक निकायले गरेका अनुसन्धानप्रति आशंकाहरू व्याप्त रहेको बताएका छन् ।

ठूला ठूला भ्रष्टचारमा अख्तियार, सरकारले गरेको अनुसन्धानमा चित्त बुझ्दैन भने संसद्बाट उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन सकिने विकल्प उनले सुनाए ।

‘एकदम विश्वास गर्ने न्यायाधीश वा पूर्वप्रधानन्याधीश ल्याउने हो भने पनि ल्याऔं । आयोग बनाउने हो भने पनि बनाऔं,’ महामन्त्री थापाले भने, ‘नेताको सम्पत्ति पनि छानबिन गरौं । सबै ठूलो ठूलो काण्डको पनि छानबिन गरौं । त्यो अनुसन्धानमा आमा पर्ला, मामा पर्ला छोडिदिउँ । गल्ती गर्नेलाई पाता कसेर लैजाऔं ।’

महामन्त्री थापाले नवलपरासीको सुनवलमा बुधबार आयोजित पार्टी कार्यक्रममा व्यक्तिले गरेको भ्रष्टचारको भारी पार्टीले बोक्न नसक्ने बताए ।

उनले भने, ‘सिंगो कर्मचारी तन्त्रले भ्रष्टचार गर्छ त गर्दैन नि । एक जना व्यक्तिले गर्छ नि । सिंगो नेपालका नेताहरुले गर्छन त । गर्दैनन् नि त । व्यक्तिले गर्छ नि ।’

भ्रष्टाचार कसैले गर्छ भने जिम्मा त्यही स्वयंले लिनुपर्ने र त्यसको भारी कांग्रेसले नबोक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?