
२८ फागुन, काठमाडौं । थापाथलीस्थित सडकमा काठमाडौं महानगरपालिकाको नगरप्रहरी बलको गाडी फसेको छ । गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो ।
सोही ठाउँमा बुधबार दिउँसो महानगर प्रहरी बलको गाडी फसेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
‘मेलम्ची खानेपानी आयोजनाको लापरबाहीका कारण आज गाडी फस्यो’ पाण्डेले अनलाइनखबरसँग भने, ‘जसरी ग्राबेल हुनुपर्थ्यो, त्यो नहुँदा यस्तो घटना घटेको हो ।’
नगरप्रहरी बलको बा ०१ ग ४०६६ नम्बरको गाडी फसेको हो । ‘उपत्यकामा नै यो अवस्था सिर्जना हुनुले नेपालको विकास निर्माणको अवस्था कुन हालतमा छ भन्ने प्रष्ट हुन्छ’ पाण्डेले भने ।
उक्त ठाउँमा आज बिहान अन्य गाडीहरू पनि फसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4