+
+
Shares

पुटिनका पूर्व सल्लाहकार भन्छन्- बाइडेन दुश्मन थिए, ट्रम्प प्रतिद्वन्द्वी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १९:०२

२८ फागुन, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व सल्लाहकार सर्गेई मार्कोभका अनुसार पुटिन र डोनाल्ड ट्रम्पबीचको राम्रो सम्बन्धले युक्रेन युद्धविरामसम्बन्धी वार्तामा ठूलो प्रभाव पार्न सक्ने बताएका छन् ।

बीबीसी रेडियो फोरको ‘टुडे’ कार्यक्रममा बोल्दै मार्कोभले पुटिन र डोनाल्ड ट्रम्प नेतृत्वको नयाँ अमेरिकी सरकारबीचको सम्बन्ध, पुटिन र पूर्व राष्ट्रपति जो बाइडेनबीचको सम्बन्धभन्दा निकै फरक हुने बताए ।

मार्कोभले भने, ‘बाइडेन पुटिनका दुश्मन थिए, तर ट्रम्प उनको प्रतिद्वन्द्वी हुन्।’

उनले युद्धविरामसम्बन्धी प्रस्तावहरूले पुटिनलाई गम्भीर नैतिक संकटमा पारिदिएको बताए । उनले अगाडि थपे, ‘किनकि अब रूसी जनता युद्धबाट थाकिसकेका छन् र शान्ति चाहन्छन्।’

के हो प्रतिद्वन्द्वी र दुश्मनबीचको फरक ?

प्रतिद्वन्द्वीले समान लक्ष्य वा उद्देश्यका लागि प्रतिस्पर्धा गर्छन् । उनीहरूबीचको सम्बन्ध प्रतिस्पर्धात्मक भए पनि नकरात्मक हुँदैन ।

तर दुश्मनले अर्को पक्षलाई हानि पुर्‍याउने वा नष्ट गर्ने उद्देश्य राख्छ । दुश्मनहरूबीचको सम्बन्ध शत्रुतापूर्ण हुन्छ ।

प्रतिद्वन्द्वीको उद्देश्य प्रतिस्पर्धा गर्नु हो भने दुश्मनको उद्देश्य हानि पुर्‍याउनु ।

प्रतिद्वन्द्वीहरू समान लक्ष्यको लागि प्रतिस्पर्धा गर्छन्, जबकि दुश्मनहरू एकअर्कालाई नष्ट गर्न चाहन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?