
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा एस ईभी’ १०० प्लस युनिट बिक्री तथा १० प्लस लाख किलोमिटर निर्वाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्त्वपूर्ण उपलब्धि मनाएको छ ।
यो उत्सव सिप्रदी ट्रेडिङको शोरुम गैरिधारामा भएको थियो । जसमा केही विशिष्ट ग्राहक उपस्थित थिए ।
नेपालका साना तथा मध्यम उद्यम (एमएसएमई) र कर्पोरेट व्यवसायका लागि टाटा एस ईभीले नयाँ सम्भावना प्रस्तुत गरेको छ ।
हालसम्म शतप्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम र दोहोरिएर गाडी खरिद गर्ने ग्राहक वृद्धिले टाटा एस ईभीलाई काठमाडौं, पोखरा, बुटवल, चितवन र इटहरीका व्यवसायीका लागि भरपर्दो विकल्प बनेको सिप्रदीले जनाएको छ ।
टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा विद्युतीय यातायातमा उल्लेखनीय विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको सिप्रदीले जनाएको छ ।
कार्यक्रममा टाटा मोटर्सका सीभीआईभी हेड असिफ शमिम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहे ।
उनीहरूले टाटा एसईभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनप्रतिको विश्वासबारे आफ्ना विचार व्यक्त गरे ।
उत्सवमा विशेष केक काट्ने कार्यक्रम समेत आयोजना गरियो, जसले टाटा एसईभीको सफलता थप उजागर गरेको थियो । साथै, विद्युतीय सवारी प्रयोगले व्यवसायमा ल्याएको सकारात्मक प्रभावबारे ग्राहकले आफ्ना अनुभव बाँडे ।
मन्तव्य व्यक्त गर्दै टाटा मोटर्सका शमिमले भने, ‘टाटा एस ईभीप्रति ग्राहकले देखाएको विश्वास हाम्रो दिगो तथा भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण हो ।’
त्यसैगरी, सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठले भने, ‘सिप्रदी ट्रेडिङ सधैं नवीनता र दिगोपनको प्रवर्द्धनमा अगाडि छ । टाटा एस ईभीको सफलताले नेपालमा हरित यातायातप्रति बढ्दो रुचि देखाएको छ, र हामी यस यात्रामा गर्वका साथ सहभागी छौं ।’
शून्य उत्सर्जन प्रविधि, कम सञ्चालन खर्च र भरपर्दो बिक्रीपछिको सेवाका कारण टाटा एस ईभी व्यावसायिक सवारीसाधन क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दैछ । सिप्रदी ट्रेडिङले यस उपलब्धिका साथ भविष्यका लागि दिगो, कुशल र उन्नत यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ ।
प्रतिक्रिया 4