+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उम्मेदवारी विवाद : विश्वविद्यालय क्याम्पसमा नेविसंघले लगायो ताला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १९:४२

२८ फागुन, काठमाडौं । स्ववियु निर्वाचनको उम्मेदवारीको विषयलाई लिएर नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले विश्वविद्यालय क्याम्पसमा ताला लगाएको छ ।

त्रिवि क्याम्पसमा नेविसंघका दुई समूहले उम्मेदवारी मनोनयन गरेका थिए ।

दिपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले जोशी अध्यक्षको उम्मेदवार रहेको सूचीलाई मात्र समावेश गरेपछि कार्की समूह असन्तुष्ट हुँदै ताला लगाएको हो ।

‘दावी विरोधको समयमा आधिकारिक कुन हो भनेर टुंगिनुपर्ने हो,’ त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले भने, ‘नियोजित ढंगले षड्यन्त्र गरेर आधिकारिक अध्यक्षको उम्मेदवारीलाई समावेश नगरेपछि ताला लगाएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?