+
+
Shares

उपत्यकाका दुई क्याम्पसमा मिले ओली र माधव पक्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते २०:१०

२८ फागुन, काठमाडौं । आसन्न स्ववियु निर्वाचन अन्तर्गत उपत्यकाका दुईवटा क्याम्पसमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनबीच तालमेल भएको छ ।

नेकपा एमाले निकट (अनेरास्ववियु) र नेकपा एकीकृत समाजवादी निकट (अनेरास्ववियू)बीच तालमेल/सहकार्य भएको हो ।

त्रिवि विश्वविद्यालय क्याम्पस र आरआर क्याम्पसमा यी दुई दलका विद्यार्थी संगठनले तालमेल गरेका हुन् ।

आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

आरआर क्याम्पसमा एक पद बाहेक सबै अनेरास्ववियुले लिनेगरी सहमति भएको छ ।

त्रिवि विश्वविद्यालय क्याम्पसमा अनेरास्ववियु केन्द्रीय सदस्य एवं त्रिवि इन्चार्ज प्रशान्त भण्डारी र अनेरास्ववियू त्रिविका अध्यक्ष समिर गौतमले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

उनीहरूले तालमेल, सहकार्य र एकताको आवश्यकता महसुस गर्दै स्ववियु निर्वाचनमा संयुक्त रुपमा अघि बढ्ने सहमति भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विद्यार्थी संख्याको आधारमा स्ववियु कार्यसमिति बन्ने व्यवस्था छ । दुई सय भन्दा कम विद्यार्थी भएका क्याम्पसमा ११ सदस्यीय कार्यसमिति हुनेछ ।

एक हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ जना, तीन हजारसम्म विद्यार्थी संख्या भएको क्याम्पसमा १९ जना र त्यसभन्दा माथि विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ जनाको निर्वाचित कार्यसमिति हुनेछ ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष प्रत्यक्षबाट चुनिने छन् । उपाध्यक्ष र सहायक सचिवका लागि दोस्रो चरणको मतदान हुनेछ । पूर्ण कार्यसमिति बनेपछि कार्यसमितिबाटै उपाध्यक्ष र सहायक सचिवका लागि दोस्रो चरणको मतदान गरी छनोट गरिने छ ।

५ चैतमा हुने स्ववियु निर्वाचनका लागि २७ फागुनमा उम्मेदवार मनोनयन दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?