+

बी डिभिजन लिगमा सरस्वती युथ क्लबको विजयी सुरुवात

२०८१ फागुन  २८ गते २१:२६ २०८१ फागुन २८ गते २१:२६
बी डिभिजन लिगमा सरस्वती युथ क्लबको विजयी सुरुवात

२८ फागुन, काठमाडौं । सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको दोस्रो खेलमा कोटेश्वरको सरस्वतीले बाँसबारी क्लबलाई २–१ गोलले पराजित गरेको हो ।

सरस्वतीको जितमा सबिन लुङ्गेलीमगर र धिरेन्द्र बहादुर शाहले गोल गरे । बाँसबारीका बिके राईले एक गोल फर्काए । सरस्वतीका लागि सबिनले ३३औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए भने धिरेन्द्रले ५१औं मिनेटमा अग्रता दोब्बर पारे । बाँसबारीका बिकेले दोस्रो हाफको इन्जुरी टाइममा सान्त्वना गोल फर्काए ।

पहिलो खेलमै जित हात पारेको सरस्वतीले ३ अंक जोडेर लिग सुरुवात गरेको छ । बाँसबारीले हारबाट लिगको सुरुवात गरेको छ ।

आजको दुई खेलपछि लिगको पहिलो चरणका ७ खेल सम्पन्न भएका छन् । पहिलो चरणमा सरस्वती युथसँगै ब्रिगेड ब्वाइज क्लब, प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबले जित हात पारेका थिए । तीन खेल भने बराबरीमा सकिएको थियो ।

अब दोस्रो चरणका खेलहरु चैत ४ गतेदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

पहिलो राउण्डका नतिजा

अंकतालिका

बी डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय