+

थ्रीस्टारले दोस्रो पटक जित्यो विराट गोल्डकपको उपाधि

२०८१ फागुन  २९ गते ६:३१ २०८१ फागुन २९ गते ६:३१
थ्रीस्टारले दोस्रो पटक जित्यो विराट गोल्डकपको उपाधि

२९ फागुन, विराटनगर । नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्बलले जितेको छ । थ्रीस्टारले यसअघि विराट गोल्डकपको ५ औं संस्करणको उपाधि जितेको थियो ।

विराटनगरको शहीद रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले उपाधि उचालेको हो ।

थ्रीस्टारलाई नवौं संस्करणको उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे ।

थ्रीस्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए ।

थ्रीस्टारले दोस्रो गोल ६३ औ मिनेटमा गरेको थियो । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै गोल गरे ।

उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । भने उपबिजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा प्राप्त गरेको छ ।

बिजेता टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, विराट गोल्डकपका संयोजक नवीन रिजालगायतले पुरस्कार वितरण गरेका थिए ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागी थिए ।

थ्रीस्टार क्लब विराट गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय