२९ फागुन, काठमाडौं । स्पेनी महारथी क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई टाइब्रेकरमा हराउँदै रियल अगाडि बढेको हो ।
पहिलो लेगमा २-१ ले विजयी भएको रियल गएराति दोस्रो लेगमा १-० ले पछि परेको थियो जसपछि समग्रमा २-२ को नतिजा भएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा जुलियन अल्भारेज र मार्कस लोरेन्टे चुके । रियलले ५ मध्ये ४ प्रहारमा गोल गर्दा एट्लेटिको चारमध्ये २ प्रहारमा चुक्यो । अल्भारेजको गोल डबल टचका कारण मान्यता पाएन भने लोरेन्टेको प्रहार क्रसबारमा लागेको थियो ।
त्यसअघि निर्धारित ९० मिनेटको खेलको पहिलो मिनेटमै कोनोर गालाघरले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नहुँदा २-२ को एग्रेगेटले अतिरिक्त समयमा धकेलिएको खेल त्यहाँ पनि गोल नभएपछि टाइब्रेकरमा पुगेको थियो ।
रियल मड्रिडले अब क्वाटरफाइनलमा इंग्लिस क्लब आर्सनलको सामना गर्नेछ ।
प्रतिक्रिया 4