+

च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समीकरण पूरा

२०८१ फागुन  २९ गते ७:३६ २०८१ फागुन २९ गते ७:३६
च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समीकरण पूरा

२९ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति अन्तिम १६ का खेलहरू सकिएसँगै अन्तिम ८ टोलीको टुंगो लागेको हो ।

गएरातिको खेलमा बोरुसिया डर्टमुन्डले लिललाई, एस्टन भिल्लाले क्लब ब्रुगलाई, रियल मड्रिडले एट्लेटिको मड्रिडलाई हराउँदा आर्सनललाई पिएसभीले बराबरीमा रोकेपनि समग्रमा जितको नतिजासहित अगाडि बढे ।

बोरुसियाले गएराति लिललाई २-१ ले हरायो । समग्रमा डर्टमुन्ड ३-२ ले विजयी रह्‍यो । त्यस्तै पहिलो लेगमै ३-१ ले अघि रहेको एस्टन भिल्लाले दोस्रो लेगमा थप ३ गोल गर्दै समग्रमा ६-१ ले अघि बढ्यो ।

आर्सनलले भने पहिलो लेगमै ७-१ को जित निकालेको थियो भने गएरातिको २-२ को नतिजापछि समग्रमा ९-३ को जितसहित अन्तिम ८ मा प्रवेश गर्‍यो ।

अब क्‍वाटरफाइनलमा बायर्न म्युनिख र इन्टर मिलान, बार्सिलोना र बोरुसिया डर्टमुन्ड, रियल मड्रिड र आर्सनल तथा एस्टन भिल्ला र पिएसजी खेल्ने छन् ।

युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय