+
+
Shares

नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते ११:१०

२९ फागुन, काठमाडौं । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

निर्वाचन समितिका संयोजक डा.मुरारी अधिकारीले राजीनामा दिएपछि अनिश्चितकालका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको हो ।

क्याम्पस प्रमुख नवराज शर्माले सूचना जारी गर्दै अर्को निर्वाचन समिति गठन भै निर्वाचनको मिति तय नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।

निर्वाचन समितिका संयोजक डा.अधिकारीले निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा असहज परिस्थित उत्पन्न भएको बताउँदै बुधबार राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?