+
+
Shares

स्ववियु चुनाव : आज उम्मेदवारी फिर्ता लिने दिन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते ११:२२

२९ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १ बजेसम्मको समय दिइएको छ ।

चैत ५ गते हुने निर्वाचनको कार्यतालिका अनुसार २७ गते मनोनयन दर्ता गरेका गरेका थिए । २८ गते दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामवली सार्वजनिक गरिएको थियो ।

कतिपय क्याम्पसमा एउटै संगठनको दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद छ । त्रिविकै विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई समूहले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

दिपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले जोशी अध्यक्षको उम्मेदवार रहेको सूचीलाई मात्र समावेश गरेपछि कार्की समूह असन्तुष्ट हुँदै प्रिन्सिपल कार्यालयमा ताला लगाएका छन् ।

विद्यार्थीको विरोधपछि निर्वाचन अधिकृतको कार्यालयले कार्की समूहको पनि नाम समावेश गरेर अर्को सूची सार्वजनिक गर्‍यो । तर सो समूहले प्रिन्सिपल कार्यालयमा लगाएको ताला खोलेको छैन ।

निर्वाचन अधिकृतले राजीनामा नदिएसम्म ताला नखोल्ने अडान कार्की समूहको छ । ‘निर्वाचन आधिकृतले राजीनामा नदिएसम्म ताला खुलाउँदैनौं । अहिलेको अधिकृतबाट निर्वाचन सम्भव छैन,’ त्रिवि नेविसंघ सभापति विष्णु बडैलालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?