
२८ फागुन, काठमाडौं । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि जनप्रशासन क्याम्पस बल्खुमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र नयाँशक्ति विद्यार्थी युनियनबीच गठबन्धन भएको छ ।
जस अनुसार अखिल क्रान्तिकारीका अनिकेत तिवारी अध्यक्षको उम्मेदवार बनेका छन् । तिवारी क्याम्पसको वर्तमान स्ववियु कार्यसमितिका उपाध्यक्ष हुन् ।
प्रत्यक्षतर्फ नेविसंघले सचिव र कोषाध्यक्ष पद पाएको छ । जसमा विनोद ऐर र संयोगमणि अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रत्यक्ष तर्फ अखिल क्रान्तिकारीले अध्यक्ष र चारवटा सदस्य पद पाएको छ भने नेविसंघले सचिव, कोषाध्यक्ष सहित ३ सदस्य पाएको छ ।
त्यसैगरी नयाँशक्ति विद्यार्थी युनियनले एक सदस्य पद पाएको छ ।
एमाले निकट अनेरास्ववियूबाट अग्रबहादुर शाहीले सभापतिको उम्मेदवारी दिएका छन् भने शंखर दुबे सचिवको उम्मेदवार बनेका छन् ।
त्यस्तै समानुपातिक तर्फ नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय एकता विद्यार्थी युनियनले उम्मेदवारी दर्ता गराएका छन् ।
जनप्रशासन क्याम्पसले सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फ ३२ जना र प्रत्यक्षतर्फ २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया 4