+
+
Shares
नाटक :

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा १२ देशका १७ नाटक देखाइने (सूचीसहित)

पहिलोपटक चीन र ट्युनिसियाका नाटक मञ्चन हुन लागेको हो । यसका लागि ८९ जना विदेशी नाट्यकर्मी काठमाडौं आउने निश्चित भएको महोत्सव संयोजक केदार श्रेष्ठले अनलाइनखबरलाई बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते ११:४८

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करणमा मञ्चन हुने नाटकको सूची घोषणा भएको छ । आयोजक मण्डला थिएटरले विहिबार विज्ञप्ति जारी गर्दै १२ देशका १७ नाटक मञ्चन हुन लागेको जनाएको छ ।

नेपाल, चीन र भारतबाट २/२, जापान, जर्मनी, नर्वे, स्कटल्याण्ड, बेलायत, ट्युनिसिया, स्पेन, लुथिआनिया र इरानबाट १, १ नाटक मंचन हुने जनाइएको छ । नेपालका चार सहरमध्ये काठमाडौंबाट ३, पोखरा, बेलबारी र चितवनबाट १/१ नाटक देखाइनेछ ।

पहिलोपटक चीन र ट्युनिसियाका नाटक मञ्चन हुन लागेको हो । यसका लागि १०० जना भन्दा धेरै  विदेशी नाट्यकर्मी काठमाडौं आउने निश्चित भएको महोत्सव संयोजक केदार श्रेष्ठले अनलाइनखबरलाई बताए ।

नेपालबाट ‘उम्लिँदो खरानी र लेम्लेम्मा’, जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, चीनको ‘मोचौ मोचौ’, भारतको ‘एबओर्जिनल क्राइ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’, भारतको ‘तमासा’ मञ्चन हुनेछ ।

साथै, नेपालको ‘विजड्म अफ लाइफ्स’, ‘झोडा’, नेपाल-स्कटल्याण्ड र बेलायतको ‘न्यू नर्मल’ र नर्वेको ‘रोज’ मंचन हुनेछन् । चैत ६ देखि १२ गतेसम्म काठमाडौंको मण्डला थिएटरसहित पोखरा, बेलबारी र चितवनमा पनि महोत्सव हुनेछ । पहिलोपटक नाट्य महोत्सव काठमाडौंबाहिर हुन लागेको हो ।

‘सामाजिक रुपान्तरणको लागि रंगमंच : रैथाने ज्ञानको उज्यालो’ नारासहित यसवर्षको नाट्य महोत्सव हुन लागेको हो । महोत्सव अवधिभर छलफल सत्र, सांगीतिक प्रस्तुति, नृत्य र नृत्य नाटिका संचालन हुनेछन् । १० कलाकारले लाइभ पेन्टिङ पनि गर्नेछन् ।

पोखराको गैह्रपाटनस्थित पोखरा थिएटरमा चैत ८ देखि १२ सम्म, भरतपुरको नारायणी कला मन्दिरमा चैत १० देखि १२ गते, बेलबारीको सिर्जना घरमा चैत ११ देखि १२ सम्म समानान्तर महोत्सव आयोजना हुनेछन् । यतिबेला फेस्टिभल निर्देशकको रुपमा अभिनेता दयाहाङ राई छन् ।

महोत्सवले विहिबार औपचारिक पोस्टर पनि सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?