२९ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेलहरू हुँदैछन् । सिदार्थ रंगशालामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल भइरहेको छ ।
जारी खेलमा लुम्बिनीले गण्डकीलाई २१८ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४९.५ ओभरमा २१७ रनमा अलआउट भयो । मृनाल गुरुङले सर्वाधिक ३८ रन बनाउँदा कप्तान देव खनालले ३३ रन बनाए । बिप्राशन केसीले २५ तथा मनिष थापाले २४ रन बनाए ।
गण्डकीका अमृत गुरुङले ३ विकेट लिए भने चन्द्र पौडेल र बिपिन खत्रीले २-२ विकेट लिँदा सुबास भण्डारी, कमल परियार र वंश क्षेत्रीले १-१ विकेट लिए ।
गण्डकी प्रदेशले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो । लुम्बिनीले पहिलो खेलमा कोशीलाई हराउँदा दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो ।
प्रतिक्रिया 4