+

सर्राफको एकल प्रदर्शनमा मधेशको मध्यम योगफल

२०८१ फागुन  २९ गते १३:०७ २०८१ फागुन २९ गते १३:०७
सर्राफको एकल प्रदर्शनमा मधेशको मध्यम योगफल

२९ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेलहरू भइरहेका छन् । जसअन्तर्गत देउखुरी क्रिकेट रंगशालामा एपीएफ र मधेश प्रदेशबीच खेल भइरहेको छ ।

जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेश ४०.४ ओभरमा १६८ रनमा अलआउट भएको छ । पवन सर्राफले सर्वाधिक ७७ रन बनाउनुबाहेक अन्यबाट सुदृढ ब्याटिङ हुन सकेन ।

कप्तान अनिल साहले १७, मयन यादवले ११ तथा रुपेश सिंह र प्रदिप पासवानले समान १० रन बनाए । अन्यले दोहोरो अंक छुनै सकेनन् ।

एपीएफका लागि कमलसिंह ऐरीले ९ ओभरमा ५५ रन दिएर ४ विकेट लिए । भुवन कार्की र रोहित पौडेलले २-२ तथा अभिषेक गौतमले १ विकेट लिए ।

एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । मधेशले पहिलो खेलमा कोशीलाई हराएको थियो ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय