
२८ फागुन, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १०० वटा भन्दा बढी उजुरी परेको छ ।
१०० वटा उजुरी यसअघि नै सांसदहरूलाई बाँडिसकिएको छ ।
गत माघ ८ गते बसेको लेखा समितिको बैठकमा त्यसबेलासम्म प्राप्त उजुरीहरू सांसदहरूलाई वितरण गरिएको थियो । जसमा विभिन्न विषयमा १०० वटा उजुरी रहेका थिए ।
सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषयमा उजुरी पर्ने गरेका छन् ।
लेखा समितिका सचिव एकराम गिरीका अनुसार उजुरी आउनेक्रम जारी छ । ‘उजुरीहरू आइरहेका हुन्छन्’, गिरीले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4