+
+
Shares

तनहुँमा नेविसंघको समानान्तर समिति भंग

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १४:२६

२९ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघको तनहुँमा रहेको नेता डा. शेखर कोइराला पक्षको समानान्तर समिति विघटन गरिएको छ ।

गत पुसमा सोनकुमार आलेलाई शेखर पक्षले नेविसंघको जिल्ला अध्यक्ष बनाएको थियो ।

आले नेतृत्वको समिति विघटन गरी संगठनमा एकीकृत गरिएको नेविसंघ तनहुँका अध्यक्ष आशिष कैनीले जानकारी गराए । आलेले संघका जिल्ला अध्यक्ष कैनीलाई समाहित भएको पत्र बुझाएका छन् ।

स्ववियु निर्वाचनलाई संगठनलाई प्रभावकारी र एकढिक्का बनाउन एकीकृत भएको कैनीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?