+
+
Shares

‘आउट ल’ र ‘अञ्जिला’को ओपनिङ अकुपेन्सी कति छ ?

‘होस्टेल ३’को गतिमा कमी आएन

विहिबार पनि ‘होस्टेल ३’को अकुपेन्सी उत्साहजनक देखिएको छ । एक्सनप्रधान ‘आउट ल’ र ‘अञ्जिला’लाई सकारात्मक समीक्षाको खाँचो छ । यी दुबै फिल्मले सुखद शो पाएका छन् र शो संख्यालाई अकुपेन्सीमा रुपान्तरण गर्नुपर्ने जरुरी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १४:५६

काठमाडौं । फागु पर्वको अवसरमा विहीबारदेखि दुई नयाँ नेपाली फिल्म ‘अञ्जिला’ र ‘आउट ल : दफा २१९’ प्रदर्शनमा आएका छन् । यी दुबै फिल्म समान १०७ शोसहित रिलिज भएका हुन् ।

भिन्न जनराका यी दुई फिल्मका लक्षित दर्शक पनि भिन्न छन् । सुशिल श्रेष्ठको शीर्ष भूमिका रहेको ‘आउट ल’ एक्सनप्रधान फिल्म हो जसमा सुशिलले एन्टीहिरोको भूमिका निर्वाह गरेका छन् ।

महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित ‘अञ्जिला’मा एन्जिलासहित दयाहाङ राई लगायतको शीर्ष भूमिका छ । ‘आउट ल’ र ‘अञ्जिला’ यी दुबै फिल्मको ओपनिङ अकुपेन्सी विहिबार ५० प्रतिशतको हाराहारीमा देशब्यापी देखिएको छ, जुन आफैमा सुखद हो ।

यी दुबै फिल्मलाई ‘होस्टेल ३’ चुनौतिको रुपमा देखिएको छ । विहिबार पनि ‘होस्टेल ३’को अकुपेन्सी उत्साहजनक देखिएको छ । एक्सनप्रधान ‘आउट ल’ र ‘अञ्जिला’लाई सकारात्मक समीक्षाको खाँचो छ । यी दुबै फिल्मले सुखद शो पाएका छन् र शो संख्यालाई अकुपेन्सीमा रुपान्तरण गर्नुपर्ने जरुरी छ ।

शुक्रबारदेखि दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ पनि प्रदर्शनको तयारीमा छ । अन्तर्राष्ट्रिय फेस्टिभलको चक्र पुरा गरेर ‘राजागंज’ नेपालमा प्रदर्शन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?