+
+
Shares
सेलिब्रेटी :

करिश्माको गोदावरी निवासमा कलाकारको होली (तस्वीर)

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, निखिल उप्रेती, संचिता लुइँटेल, सरोज खनाल, युवराज चौलागाईं लगायतका कलाकारले एकापसमा रङ दलेर फागु पर्व मनाए । नाचगान गर्दै रमाइलो पनि गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १५:२९

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले वर्षेनी गोदावरीस्थित घरमा फागु पर्वको अवसरमा कलाकारको होली आयोजना गर्छिन् । यसवर्ष पनि विहिबार करिश्मा निवासमा कलाकारले जमेरै होली खेले ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, निखिल उप्रेती, संचिता लुइँटेल, सरोज खनाल, युवराज चौलागाईं लगायतका कलाकारले एकापसमा रङ दलेर फागु पर्व मनाए । नाचगान गर्दै रमाइलो पनि गरे ।

करिश्माले आफू निकट कलाकार र संचारकर्मीलाई निवासमा बोलाएकी थिइन् । घरको पुननिर्माणपछि पहिलोपटक करिश्माले होली आयोजना गरेकी हुन् । मानन्धर निवासमा वर्षेनी हुने होली समारोह फिल्मकर्मीको लागि विशेष हुनेगर्छ ।

विहिबारै अन्य कलाकर्मी, फिल्मले पनि होली समारोह आयोजना गरे । मिडियाले समेत आयोजना गरेको होली कार्यक्रममा प्रस्तुति दिन कलाकारलाई भ्याइनभ्याइ छ । प्रकाश सपुत, शान्तरानी परियार, खेम सेन्चुरी लगायतले रेडियो कान्तिपुरले आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिए ।

फिल्म ‘पिताम्बर’ले समेत होली विशेष कार्यक्रम आयोजना गर्‍यो जहाँ कलाकार प्रदीप खड्का, सुपुष्पा भट्ट लगायतले सद्भावको पर्व मनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?