
२९ फागुन, काठमाडौं । भक्तपुरमा पनि होली पर्व हर्षोल्लासका साथ मनाइएको छ ।
विशेष गरेर भक्तपुरका मुख्य पर्यटकीय स्थलहरू दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर लगायतमा नेपाली लगायत विदेशी पर्यटकहरूले रङ दलेर होली मनाएका हुन् ।
स्थानीय बाजागाजाका तालमा समूह समूहमा युवायुवतीहरू भेला भएर यो पर्व उल्लासका साथ मनाएका हुन् ।
विदेशी पर्यटकहरूले पनि एकआपसमा रङ दलेर यो पर्वलाई थप रौनक थपिदिएको थियो ।
नेपाली घुम्न आएका विदेशी पर्यटकहरूले नेपालीहरूसँगै होली पर्व मनाएका हुन् ।
विशेष गरेर काठमाडौं उपत्यका अन्तर्गत काठमाडौंको वसन्तपुर, ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्र र भक्तपुरको भक्तपुर दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर लगायतमा हरेक वर्ष होली पर्वलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
विशेष गरेर नेपालका हिमाली एवं पहाडी जिल्लामा आज होली पर्व मनाइएको हो । भोलि तराईका जिल्लामा यो पर्व मनाइन्छ ।
प्रतिक्रिया 4