
काठमाडौं । अभिनेता राजेश हमालले आगामी फिल्म ‘नरसिंहा अवतार’को टोलीसँग फागु पर्व मनाएका छन् । दिवाकर भट्टराईको निर्देशनमा बनिरहेको फिल्मले विहिबार होली खेलेको थियो ।
कलाकार र निर्माताले एकापसमा रङ दलेर होली सेलिब्रेट गरे । उनको साथमा फिल्मका अर्का अभिनेता राज कटुवाल पनि सहभागी थिए । अभिनेत्री दीपिका प्रसाईं, निर्माता ध्रुव न्यौपानेले पनि हमालको साथमा नै होली खेलेका थिए ।
लभ स्टोरी र एक्सन कथामा निर्माण भइरहेको फिल्म ‘नरसिंहा अवतार’बाट हमाल झण्डै ८ वर्षपछि अभिनयमा फर्किंँदैछन् । यसैल, पनि दर्शकको लागि यो फिल्म प्रतीक्षित छ । अहिले फिल्मको सम्पादन कार्य भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4