+
+
Shares

फागु पूर्णिमाका अवसरमा महासंघमा फागु विशेष कार्यक्रम

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले वसन्त ऋतुको आगमनसँगै आउने फागु पर्व आपसी मेलमिलाप र सद्भावनाको पर्व रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १६:३८

२९ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फागु पूर्णिमा/होली पर्वका अवसरमा महासंघ सचिवालय टेकु काठमाडौंमा फागु विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दे महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले वसन्त ऋतुको आगमनसँगै आउने फागु पर्व आपसी मेलमिलाप र सद्भावनाको पर्व रहेको उल्लेख गरे । उनले नेपालमा पर्वहरूका कारण पनि आन्तरिक अर्थतन्त्र चलायमान बनाउने बताए ।

महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक नेपालमा चाडपर्वले आमनेपालीलाई एक सुत्रमा बाँध्ने गरेको उल्लेख गरे ।

महासंघ खेलकुद तथा मनोरञ्जन फोरमका सभापति अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघ एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, निर्यात प्रवद्र्धन समिति सभापति नरेशलाल श्रेष्ठ, स्थल यातायात तथा पारवहन समिति सभापति शिवप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?