+

वुमन्स डे कप : युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

२०८१ फागुन  २९ गते १८:१५ २०८१ फागुन २९ गते १८:१५
वुमन्स डे कप : युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

२९ फागुन, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपालले आज आफ्नो पाँचौं खेलमा युगाण्डासँग खेल्दै छ ।

एन्टेबे मैदानमा जारी खेल जित्न नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाउँदै ९२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रन बनाइन् । इस्थर इलोकुले २२ रन बनाइन् । स्टेफानी नाम्पिना १३ रनमा नटआउट रहिन् ।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् । पुजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।

हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहेको छ । शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुनेछैन ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।

नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ । शीर्ष २ मा पर्न नसक्ने टोलीहरू तेस्रो स्थानका लागि खेल्ने छन् ।

वुमन्स डे कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय