
काठमाडौं । फिल्म छायांकनका क्रममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ घाइते भएका छन् । मुस्ताङमा ‘जेरी अन टप’ फिल्म छायांकन गर्ने क्रममा घिमिरे घाइते भएको निर्माता सरोज न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन भइरहेको थियो ।
छायांकनकै क्रममा बिहीबार रिफ्लेक्टरको टुक्रा उछिट्टिएर घिमिरेको टाउकोमा लागेको हो । उनको स्थानीय अस्पतालमा उपचार गरिएको र टाउकोमा ४ वटा टाका लगाइएको न्यौपानेले बताए । न्यौपानेका अनुसार घिमिरेलाई केही दिन आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
करिब एकसाता घिमिरेको भूमिका रहेको दृश्यको छायांकन नहुने निर्माता न्यौापनेले जानकारी दिए । सुयोग गुरुङ निर्देशक रहेको ‘जेरी अन टप’मा अनमोल केसी मुख्य कलाकार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4