+
+
Shares

मगर राष्ट्रिय मुक्ति मोर्चा अध्यक्षमा चर्तीमगर

बुटवलमा दुई दिनसम्म चलेको छैठौं राष्ट्रिय सम्मेलनले चर्तीमगरको नेतृत्वमा १५१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १८:३४

२९ फागुन, बुटवल । नेकपा माओवादी केन्द्रको भातृ संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा दीपक थापा चर्तीमगर चयन भएका छन् ।

बुटवलमा दुई दिनसम्म चलेको छैठौं राष्ट्रिय सम्मेलनले चर्तीमगरको नेतृत्वमा १५१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित चर्तीमगर गण्डकी प्रदेशका पूर्वमन्त्री समेत हुन् ।

मोर्चाको वरिष्ठ उपाध्यक्षमा माधव दर्लामीमगर, उपाध्यक्षहरूमा चिनीमाया कालामगर, मिनबहादुर घर्तीमगर, टोपबहादुर दर्लामीमगर, लीला सोमैमगर, छमाया थापामगर, लोकेन्द्र थापामगर, अनिता थापामगर, हिराबहादुर थापामगर, सबिना बुढामगर, होमराज खपाङगीमगर, भक्तबहादुर लुङगेलीमगर,सारदा पुनमगर, र मालबहादुर बुढामगर रहेका छन् ।

यसैगरी महासचिवमा जीवनप्रवेश रोकामगर, उपमहासचिवहरूमा तीर्थ थापामगर, विशाल पुनमगर, मनोज रानामगर, खगेन्द्र पुनमगर, सिद्धबाबा थापामगर रहेका छन ।

यसैगरी सचिवहरूमा वीरमान घर्तीमगर, टिकासरी बुढामगर, हरिबहादुर थापामगर, धनबहादुर पुनमगर, चन्द्रबहादुर बुढाथोकीमगर, केशव थापामगर, यम खपाङगीमगर, दीपक थापामगर, टुगा थापामगर र कोषाध्यक्षमा अम्बिका खुलामगर रहेका छन ।

महाधिवेशनपछि बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष चर्तीमगरले विगतदेखि उठाउँदै आएको मगरात स्वायत प्रदेशको एजेन्डा कायम रहेको बताउँदै पूर्वको कोशी प्रदेश नामाकरण परिवर्तन र मुक्कुमलुङ आन्दोलनको जोडदार समर्थन गर्ने एजेन्डा पारित गरिएको बताए ।

महाधिवेशनको उद्घाटन गत बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?