+
+
Shares

जनताले गणतन्त्रमा जति अधिकार अरु व्यवस्थामा पाउँदैनन् : मन्त्री खड्का

व्यवस्था राम्रो आए पनि सरकार स्थिर बन्न नसक्दा मुलुकले अपेक्षाकृत विकासको गति समाउन नसकेपछि संसद्का दुई ठूला दल मिलेर सरकार बनाउनु परेको ऊर्जामन्त्री दीपक खड्काले दावी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १८:३१

२९ फागुन, संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले संघीयतासहितको गणतन्त्रको विकल्पमा नभएको बताएका छन् । जनतालाई यो व्यवस्थामा जति अधिकार अन्य कुनै शासन व्यवस्थामा प्राप्त नहुने उनको भनाइ छ ।

संखुवासभाको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता सर्वाधिक अधिकार सम्पन्न भएको बताए ।

व्यवस्था राम्रो आए पनि सरकार स्थिर बन्न नसक्दा मुलुकले अपेक्षाकृत विकासको गति समाउन नसकेपछि संसद्का दुई ठूला दल मिलेर सरकार बनाउनु परेको उनले दावी गरे ।

‘यो सरकारको लक्ष्य नै स्थिरता, समृद्धि र विकास हो । त्यसैले सरकारलाई अल्मलिएर बस्ने छुट छैन,’ मन्त्री खड्काले भने, ‘संसद्का दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले मुलुकमा स्थिरता आएको छ । अब विकासको गति पनि तीब्र रूपमा अगाडि बढाउनुपर्छ ।’

मन्त्री खड्काले संखुवासभा अथाह सम्भावना बोकेको जिल्ला भएको भन्दै यहाँका स्रोतसाधनको उचित प्रयोग गरेर समृद्ध जिल्ला निर्माणमा लाग्नुपर्ने धारणा राखे ।

उनले जनताको जलविद्युत कार्यक्रममार्फत गरिबीको रेखामुनिका जनतालाई स्रोतमाथिको अधिकार सुनिश्चित गर्न प्रत्येक घरधुरीलाई आयोजनाको क्षमता हेरेर दुईदेखि पाँच लाखसम्म विना धितो जलविद्युतको शेयरका लागि सहुलियत दरमा ऋणको व्यवस्था गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?