
२९ फागुन, विर्तामोड । वीरता जेसीज विर्तामोडका नवनिर्वाचित अध्यक्ष युवराज कुँवरले पदभार ग्रहण गरेका छन् ।
मंगलबार एक कार्यक्रमका बीच अध्यक्ष कुँवरले पदभार ग्रहण गरेका हुन् ।
सोही कार्यक्रममा कुँवरलाई सन् २०२४ का अध्यक्ष विकास बस्नेतले जेसिज चेन पहिराएर पद हस्तान्तरण गरेका थिए । अध्यक्ष कुँवरसहित नवनिर्वाचित पदाधिकारीहरूले कार्यभार सम्हालेका हुन् ।
सन् २०२५ का लागि वीरता जेसिजको कार्यकारिणी उपाध्यक्षमा सुमनकुमार पोद्दार, प्रभात मास्के, जनसम्पर्क अधिकारी अभिषेक गहतराज, तालिम संयोजक सुशील थापा, संयुक्त सचिव सुभाष त्रिखत्री, प्रकरण निर्देशक प्रज्वल बिमली छन् । यसैगरी उपाध्यक्षहरूमा पुष्प भण्डारी, सुभम शाह, अजय चौधरी, अजय अधिकारी छन् ।
नवनिर्वाचित अध्यक्ष कुँवरले आफ्नो समितिलाई पूर्णता समेत दिएका छन् ।
उनले महासचिवमा विज्ञानराज पौडेल, कोषाध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी), कानुनी सल्लाहकारमा अमरजीत शाह, सहकोषाध्यक्षमा बसन्त ढकाललाई मनोनीत गरेका छन् ।
विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउन व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ ।
मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सन्तोष न्यौपाने र बिष्णु श्रेष्ठलाई नगद सहित पुरस्कृत गरिएको छ ।
यसैगरी जेसिज पूर्वअध्यक्षहरू मध्येबाट निर्मल भट्टराईलाई स्व. दीलकुमार शर्मा स्मृति सक्रिय पूर्वअध्यक्ष पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने वीरता जेसिज सक्रिय सदस्य पुरस्का प्रभात मास्केलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश प्रमुख हर्कबहादुर राई लगायत सहभागी थिए ।
प्रतिक्रिया 4