+
+
Shares
नेविसंघको दोहोरो उम्मेदवारी विवाद :

विश्वविद्यालय क्याम्पसमा अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १८:५८

२९ फागुन, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा नेविसंघकोतर्फबाट दुई वटा समूहको उम्मेदवारी परेपछि अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ भएको छ ।

निर्वाचन कार्यातालिका अनुसार बिहीबार उम्मेदवारहरूको अन्तिम नामवली सार्वजजिनक हुनुपर्ने हो ।

तर निर्वाचन अधिकृतको कार्यालयले यतिबेलासम्म सार्वजनिक गरेको छैन । नेविसंघबाट दिपकराज जोशी र अनोज कार्कीको दुईवटा समूहको उम्मेदवारी परेको छ ।

मनोनयनको दिन निर्वाचन अधिकृतको कार्यालयले कार्की समूहको नाम समावेश नगरी सूचि सार्वजनिक गरेको थियो ।

त्यसपछि कार्की समूह असन्तुष्ट हुँदै प्रिन्सिल कार्यालयमा ताला लगाएपछि समावेश गरेर अर्को सूचि सार्वजनिक गरिएको थियो । कुन समूहलाई आधिकारिकता दिने भन्नेमा निर्वाचन अधिकृतको कार्यालयलाई सकस भएपछि अन्तिम नाम सार्वजनिक गर्न ढिलाइ भएको छ ।

प्रिन्सिपल कार्यालय स्रोतका अनुसार नेविसंघको केन्द्रीय समितिलाई आधिकारिकको विषयमा सोधिएको छ । केन्द्रीय समितिले जुन समूहलाई आधिकारिक भन्छ उसलाई मात्र समावेश गरेर अन्तिम नाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन अधिकृतको कार्यालय छ ।

दुवै समूहले आधिकारीकताको दाबी गरिरहेका छन् । निर्णय गर्न अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ ।

बैठकले निर्णय गरेपछि अन्तिम नामावली सार्वजनिक गर्ने तयारी निर्वाचन कार्यालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?