+
+
Shares

त्रिवि विश्वविद्यालय क्याम्पस : नेविसंघमा कार्कीको उम्मेदवारी खारेज, जोशी समूह आधिकारिक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते २१:१४

२९ फागुन, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारको मान्यता दीपकराज जोशी समूहले पाएको छ ।

नेविसंघकोतर्फबाट दुई वटा समूहको उम्मेदवारी परेपछि विवाद बढेको थियो । नेविसंघबाटै उम्मेदवारी दिएको अनोज कार्कीको समूह भने रद्द भएको छ ।

निर्वाचन समितिका एक सदस्यका अनुसार, नेविसंघका सभापतिको सिफारिस, निर्वाचन निर्देशिका, आचारसंहिता, उपकुलपती, रेक्टर रजिस्ट्रार र कानुनी सल्लाहकारको राय सुझाव लिएर निर्णय गरिएको हो ।

नेविसंघ विवाद उत्कर्षमा पुगेपछि नेविसंघकै विद्यार्थी नेताले भौतिक आक्रमणसम्मको धम्की दिएका थिए । लगत्तै निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक पनि गर्न सकेको थिएन ।

त्यस्तै त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुनेगरी निर्वाचन समितिले सूचना सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?