+

पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

२०८१ चैत  १ गते ६:५३ २०८१ चैत १ गते ६:५३
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

१ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन् ।

आज एक्स्ट्राटेक ओभल मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्ने छन् भने देउखुरी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुनेछ । दुवै खेलहरू ९ बजे सुरु हुनेछन् ।

बागमती प्रदेशले हालसम्म २ खेल खेल्दा दुवैमा फराकिलो अन्तरको हार व्यहोरेको छ भने सुदूरपश्चिमले ३ खेल खेल्दा १ खेल मात्र जितेको छ । नेपाल पुलिस क्लब र एपीएफ भने २ खेलमा २ जितका साथ आमनेसामने हुँदै छन् ।

अहिलेसम्म ३ खेलमा ३ खेल जितेको त्रिभुवन आर्मी क्लब ६ अंकका साथ अंकतालिकामा शीर्षस्थानमा छ । एपीएफ, पुलिस र लुम्बिनी प्रदेश समान ४ अंकसहित दोस्रो, तेस्रो र चौथो स्थानमा छन् भने मधेश, कर्णाली, सुदूरपश्चिम र गण्डकी क्रमश: पाँचौं, छैंटौं, सातौं र आठौंमा छ्न् ।

अंकविहीन बागमती र कोशी नवौं र १०औं स्थानमा छन् ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय