१ चैत, काठमाडौं । काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि पाँचौ विदेशी खेलाडीको रुपमा उज्वेकिस्तानका अलीजोन अलिजोनोभलाई अनुबन्ध गरेको छ ।
काठमाडौंले शुक्रबार डिफेण्डर अलीजोनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । ब्ल्याक बुल्स क्लबबाट नेपालमा विभिन्न नकआउट गोल्डकप खेलिरहेका अलीजोन हाल नेपालमै छन् । रेजर्सले उनलाई क्लबमा स्वागत गरेको छ ।
पोखरामा भएको २४औं आहारारा पोखरा गोल्डकपमा ब्ल्याक बुल्सले उपाधि जित्दा अलीजोन उत्कृष्ट डिफेण्डर घोषित भएका थिए । काठमाडौं रेजर्सले यसअघि चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।

काठमाडौं रेजर्सले यसअघि सियरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे, सेनेगलका गोलकिपर चेइख गुएय र सेनेगलकै विंगर अमादोउ डिओप तथा फ्रान्सका भिन्सेन्ट कोजिएलोलाई अनुबन्ध गरिसकेको छ ।
पहिलो संस्करणको च्याम्पियन काठमाडौ रेजर्सले तेस्रो संस्करणका लागि युवा मिडफिल्डर रोहन कार्कीलाई नयाँ मार्की प्लेअर बनाएको छ भने बेल्जियमका अनुभवी प्रशिक्षक प्याट्रिक विल्डेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
काठमाडौंले दोस्रो सिजनबाट मिडफिल्डर दिपेश गुरुङ, डिफेण्डर कुलदिप कार्की र गोलकिपर अभिषेक बराललाई रिटेन गरेको थियो ।
यस्तै काठमाडौंले अक्सनबाट क्याटेगोरी ए का मिडफिल्डर दिनेश हेन्जन र फरवार्ड जिलेस्पी जंग कार्की तथा क्याटेगोरी बीबाट फरवार्ड आशिष चापागाईँसँगै डिफेण्डरहरु कमल श्रेष्ठ, दिवाकर चौधरी र अन्जल महर्जनलाई अनुबन्ध गरेको थियो ।
यसैगरी काठमाडौंले क्याटेगोरी सी को ड्राफ्टबाट भरत चौधरी, मौसम मगर, पुष्कर खड्का र पेम्बा दोर्जी लामालाई अनुबन्ध गरेको छ ।
प्रतिक्रिया 4