१ चैत, काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि अमेरिकन जोनाथन क्याम्पबेललाई अनुबन्ध गरेको छ । चितवनले क्याम्पबेललाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
एसियाका विभिन्न लिगहरु खेलिसकेको अनुभव रहेका क्याम्पबेल पहिलो पटक नेपालको लिगमा अनुब्ध भएका हुन् । पछिल्लो पटक उनले इन्डोनेसियन लिग टु क्लब पर्सपपुरा जयपुरबाट खेलेका थिए ।
यसअघिका दुई संस्करणमा कमजोर प्रदर्शन गरेको चितवनले यसपटक मार्की प्लेअरदेखि प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम निर्माण गरेको छ ।
राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्टलाई मार्की बनाएको चितवनले नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि अघिल्लो सिजनका मार्की तथा कप्तान गोलकिपर विशाल श्रेष्ठलाई पनि चितवनले रिटेन गरेको छ ।
चितवनले डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई पनि रिटेन गरेको थियो । यस्तै चितवनले अक्सनमा क्याटेगोरी ए का अभिषेक लिम्बु र सुमित श्रेष्ठ तथा क्याटेगोरी बी का शिशिर लेखी र जय गुरुङलाई अनुबन्ध गरेको थियो ।
चितवनले क्याटेगोरी बी का मिलन राई र निरज चौधरी जस्ता खेलाडी पनि अक्सनबाट लिएको थियो । क्याटेगोरी सी को ड्राफ्टबाट चितवनले विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान र प्रदिप भण्डारीलाई अनुबन्ध गर्यो ।
यस्तै चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।
प्रतिक्रिया 4