१ चैत, काठमाडौं । नेपाल रग्बी संघ र अन्तर्राष्ट्रिय चाइल्ड फन्डको आयोजनमा दुई दिने ‘ग्रासरूट टु ग्लोबल वुमन्स लिडरसिप’ कार्यक्रम सम्पन्न भएको छ। काभ्रेको नमोबुद्ध नगरपालिकास्थित जनक मा.विद्यालयमा विघालयमा बिहीबार उक्त कायर्क्रम सम्पन्न भएको हो।
नमोबुद्ध नगरपालिका र राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोग रहेको उक्त कार्यक्रमको उद्देश्य महिलाहरूको नेतृत्व विकास रहेको नेपाल रग्बी संघकी महिला विभाग प्रमुख एलिसा थापाले बताइन्।
खेलको माध्यमबाट महिलाहरूको नेतृत्व विकास र स्थानीयबाट अन्तर्राष्ट्रिय स्तरसम्म अवसर प्रदान गर्ने कुरा उनले उल्लेख गरिन् । उक्त कार्यक्रममा देशभरबाट रग्बी खेलका खेलाडीहरूलगायत ४० जना महिलाले सहभागिता रहेको थियो।
यस कार्यक्रममा सहभागिता रहेका ४ जना लिडरलाई छनाेट गरेर त्यसबाट उत्कृष्ट एक जनालाई छनाेट गरेर विश्व रग्बीले आयाेजना गर्ने ‘ग्रासरूट टु ग्लोबल वुमन्स लिडरसिप’ फाेरम २०२५ मा सहभागी हुने अवसर प्राप्त गर्ने छन्।
नेपाल रग्बी संघले महिला खेलाडी उत्पादन गर्न र नेतृत्व विकासको लागि विभिन कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।
प्रतिक्रिया 4