+

ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

२०८१ चैत  १ गते ११:५० २०८१ चैत १ गते ११:५०
ललितको घातक बलिङमा एपीएफ ९४ रनमै अलआउट

१ चैत, काठमाडौं । नेपाल पुलिस क्लबका स्पीनर ललित राजवंशीले घातक बलिङ गर्दै ६ विकेट लिएपछि पीएम कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटमा एपीएफ ९४ रनमै अलआउट भएको छ ।

दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ ललितको स्पीन सामु धेरै टिक्न सकेन । एपीएफ २७.४ ओभरमै ९४ रनमा अलआउट भएको हो ।

जारी प्रधानमन्त्री कपमा पहिलो विभागीय डर्बी भिडन्त प्रतिस्पर्धात्मक हुने अनुमान रहेपनि पुलिसले बलिङमा सानदार प्रदर्शन गर्दै एपीएफलाई दबाबमा राखेको हो । राष्ट्रिय टिमका कप्तान रोहित पौडेल सहित विकेटकिपर आसिफ शेख, लोकेश बम, सन्दिप जोरा, सुमित महर्जन जस्ता खेलाडी ब्याटिङमा रहेपनि सोचे अनुसार प्रदर्शन हुन सकेन ।

एपीएफलाई अलआउट गर्न ललितले ७.४ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै १८ रन मात्र खर्चेर ६ विकेट लिएका हुन् । सागर ढकाल,करण केसी, गुल्सन झा र कुशल भुर्तेलले १-१ विकेट लिए ।

एपीएफका लागि चार खेलाडीले मात्र दोहोरो अंक जोड्दा सन्दिप जोराले सर्वाधिक २६ र ओपनर लोकेश बमले २२ रन जोडे । आसिफ शेख र अमर सिंह राउटेलाले समान १० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तस्बिर : क्यान

पीएम कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय