+
+
Shares

सशस्त्रका सईमाथि १० वर्षीया बालिका बलात्कारको आरोप, स्थानीय आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते १३:४०

१ चैत, जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ ।

सई सिंह वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन् ।

उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् ।

स्थानीयहरूले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ ।

तोडफोडको प्रयास गरेपछि त्यहाँ स्थानीय र प्रहरीबीच तनाव पनि देखिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुव्र्यवहार भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?