+
+
Shares
ओटीटी प्लाटफर्म :

‘आजाद’देखि ‘मोआना २’सम्म : शुक्रबारदेखि ओटीटीमा के हेर्ने ?

यससाता पनि नेटफ्ल्क्सि, अमेजन प्राइम, एप्पल टिभीसहित प्लाटफर्ममा पनि नयाँ फिल्म र श्रृंखला आउनेछन् । गत महिना हलमा प्रदर्शनमा आएको अजय देवगन स्टारर फिल्म ‘आजाद’ शुक्रबारदेखि नेटफ्ल्क्सिमा आउँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते १३:५५
बलिउड फिल्म ‘आजाद’को एक दृश्यमा अभिनेता अजय देवगन । यो फिल्म शुक्रबारदेखि नेटफ्ल्क्सिमा रिलिज भएको छ ।

काठमाडौं । प्रत्येक साता ओटीटी प्लाटफर्ममा आउने रिलिजलाई लिएर दर्शकमाझ धेरै पर्खाइ हुन्छ । फिल्म, डकुमेन्ट्री, श्रृंखला र छोटा फिल्म हप्तैपिच्छे ओटीटीमा आउँछन् । यस्तोमा, घरमै बसेर पनि मनोरञ्जन लिन चाहने दर्शकका लागि ओटीटी सहज प्लाटफर्म हो ।

यससाता पनि नेटफ्ल्क्सि, अमेजन प्राइम, एप्पल टिभीसहित प्लाटफर्ममा पनि नयाँ फिल्म र श्रृंखला आउनेछन् । गत महिना हलमा प्रदर्शनमा आएको अजय देवगन स्टारर फिल्म ‘आजाद’ शुक्रबारदेखि नेटफ्ल्क्सिमा आउँदैछ । पिरियड ड्रामा जनरामा राखिएको यो फिल्ममा अजयसहित रासा थडानी, अमान देवगन, डायना पेन्टीको अभिनय छ ।

गोविन्द नामक एक पात्रको घोडासँगको मानवीय सम्बन्धको कथावस्तु चित्रण गर्ने यो फिल्मले मित्रताबारे सन्देश दिन्छ । स्वतन्त्रता संग्राममा फसेको अवस्थामा उनीहरुको नियतिले अप्रत्याशित मोड लिन्छ । अजयले विक्रम सिंहको भूमिका निर्वाह गरेका छन् । रासा थडानीले घरधनीकी छोरी जानकीको रोल चित्रण गरेकी छन् । आकर्षक सिनेमेटोग्राफी र आकर्षक कथाको साथ, फिल्मले जीवनमा प्रतिरोध र साहसको भावना ल्याउँछ ।

अमेजन प्राइम भिडियोमा डान्स ड्रामा ‘बी ह्याप्पी’ आजदेखि रिलिज हुँदैछ । अभिषेक बच्चन, अनायत बर्माको शीर्ष भूमिका रहेको फिल्मलाई रोमियो डिसुजाले निर्देशन गरेका हुन् ।

‘बी ह्याप्पी’ एक क्रोधी एक्लो बुबा शिव र उनकी प्रतिभाशाली छोरी धाराको मर्मस्पर्शी कथा हो । जब धाराले भारतको सबैभन्दा ठूलो नृत्य रियालिटी शोमा भाग लिने मौका पाउँछिन्, शिव सुरुमा हिचकिचाउँछन् तर उनी छोरीको निर्णयमा समर्थन गर्छन् । जब तिनीहरू प्रतिस्पर्धीको रुपमा नृत्य संसारमा प्रवेश गर्छन्, अप्रत्याशित चुनौतीले उनीहरूको बन्धन र लचिलोपनको परीक्षण गर्छन् ।
फिल्मले सानदार नृत्यका दृश्यसँगै दर्शकलाई भावनात्मक गहिराइलाई लैजान्छ । पारिवारिक दर्शकलाई यो फिल्म दर्शनीय हुनसक्छ ।

जिया हटस्टारमा शुक्रबारदेखि ‘आचारी बा’ स्ट्रिमिङ हुँदैछ । ‘आचारी बा’ एक स्वतन्त्र महिला जशनविबेनको वरिपरि घुम्छ, जसले आफ्नो परिवारको हेरचाह गर्न वर्षौं बिताइन् तर पछिका वर्षहरूमा आफूलाई बेवास्ता गरिन् । यसमा नीता गुप्ता र कविर बेदीको शीर्ष भूमिका छ ।

जीफाइभमा उत्कर्ष शर्माको फेमिली ड्रामा फिल्म ‘वनबास’ आउँदैछ । सोनी लिभमा एक्सन थ्रीलर फिल्म ‘एजेन्ट’ रिलिज हुनेछ । शुक्रबार नेटफ्ल्क्सिमा साइन्स फिक्सन एड्भेन्चर ड्रामा ‘द इलेक्ट्रिक स्टेट’ रिलिज हुनेछ ।

जियो हटस्टारमा ‘मोआना २’, एप्पल टिभीमा ‘डोप थिभ’, अमेजन प्राइममा ‘द ह्विल अफ टाइम सिजन ३’, नेटफ्ल्क्सिमा ‘एडोलसेन्स’, वेलकम टु द फेमिली, अमेरिकन म्यानहन्ट : ओसमा बिन लादेन, लभ इज ब्लाइन्ड : सिजन २ आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?