+

शान्जिनको अर्धशतकमा नेपाललाई हङकङको चुनौतीपूर्ण लक्ष्य

२०८१ चैत  १ गते १४:२२ २०८१ चैत १ गते १४:२२
शान्जिनको अर्धशतकमा नेपाललाई हङकङको चुनौतीपूर्ण लक्ष्य

१ चैत, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेल्दैछ ।

एन्टेबे मैदानमा जारी खेल जित्न नेपालले १०५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनायो । कुनै समय १३० रनको हाराहारीमा योगफल पुग्ने देखिएपनि अन्तिम ४ ओभरमा हङकङले ८ रन मात्र जोड्यो ।

हङकङका लागि शान्जिन शाहजादले अर्धशतकीय पारी खेलिन् । प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ४७ बलमा ५४ रन बनाइन् । त्यस्तै चान का यिङले १६ तथा यास्मिन दस्वानीले १४ रन बनाइन् ।

नेपालका लागि राजमती ऐरीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । पुजा महतो र ईश्‍वरी विष्टले १-१ विकेट लिए ।

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने पनि निश्चित भइसकेको छ ।

नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजका खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।

वुमन्स डे कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय