
१ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न माग राखेको छ ।
दुई महिने आन्दोलनका कार्यक्रम घोषणा गर्दै एकीकृत समाजवादीले सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिनको माग राखेको हो ।
‘… हाम्रो प्रस्ताव छ : अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी प्रबन्धका साथ एउटा शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गरियोस्,’ महासचिव घनश्याम भूसालले सार्वजनिक गरेको बक्तव्यमा भनिएको छ ।
देशमा सुशासनको प्रत्याभूति दिलाउन राजनीतिक नेताहरू भ्रष्टाचार मुक्त रहेको विश्वास सिर्जना गर्नुपर्ने एकीकृत समाजवादीको ठहर छ । ‘भ्रष्टाचार सबैतिर छ, तर राजनीतिक पार्टीहरूको संरचना र कार्यप्रणाली नै भ्रष्टाचारलाई निरुत्साहित र दण्डित गर्ने ग्यारेन्टी नगरेसम्म त्यसको प्रभावकारी नियन्त्रण हुन सक्दैन, अर्थात् राजनीतिक नेताहरू भ्रष्टाचारमुक्त छन् भन्ने विश्वास सिर्जना गर्नु अत्यन्तै जरुरी भएको छ,’ बक्तव्यमा लेखिएका छ ।
नेताहरू भ्रष्टाचारमुक्त छन् भन्ने विश्वास सिर्जना छानबिन आयोग मार्फत् सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिनबाट हुने तर्क वक्तव्यमा छ ।
प्रतिक्रिया 4