+
+
Shares
फिल्म :

‘कर्मा’को टिजरमा विपिन कार्कीको एक्सन अवतार

अभिनेता कार्की एक्सन अवतारमा प्रस्तुत छन् । कुनै गाउँमा सेट गरिएको कथामा विपिनलाई कुनै घटनाले बदला लिन प्रेरित गर्छ । त्यसपछि उनको ‘एंग्री योङ म्यान’ स्वरुप प्रकट हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते १५:५१

काठमाडौं । विपिन कार्की अभिनित एक्सन ड्रामा फिल्म ‘कर्मा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । २ मिनेटको टिजरले कथावस्तु, परिवेश र चरित्र चित्रणबारे संक्षिप्त झलक दर्शाउँछ ।

अभिनेता कार्की एक्सन अवतारमा प्रस्तुत छन् । कुनै गाउँमा सेट गरिएको कथामा विपिनलाई कुनै घटनाले बदला लिन प्रेरित गर्छ । त्यसपछि उनको ‘एंग्री योङ म्यान’ स्वरुप प्रकट हुन्छ ।

टिजरमा विपिनलाई चरित्रका आयाममा पेश गरिएको छ । आमालाई माया गर्ने एक प्रिय छोरा जो परिवारको सुखलाई आफ्नो प्राथमिकता राख्छ । दोस्रो लेयरमा ऊ उत्तिकै विद्रोही र बदलाप्रेरित पनि छ ।

‘नाका’पछि विपिन दोस्रोपटक एक्सन रोलमा देखिएका हुन् । ‘नाका’मा उनी ग्याङस्टर चरित्रमा थिए ।

‘कर्मा’को टिजरमा विपिनसहित मुकुन भुसाल, उपासनासिंह ठकुरी, सरिता गिरी, दिब्यदेव पन्त लगायतलाई फिचर्ड गरिएको छ । एक्सन र ड्रामाको मिश्रणले टिजर रोचक बनेको छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालले फिल्ममा लगानी गरेका हुन् । पटकथा लेखक र निर्देशकको रुपमा सौरभ चौधरी छन् । चौधरीले पछिल्लोपटक पुलिस थ्रीलर ‘अगस्त्य’ निर्देशन गरेका थिए ।

नयाँ वर्ष २०८२ को छेको पारेर ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?