+
+
Shares

७० वर्ष नाघिसकें, देशको जिम्मा लिने बेला आएकाले दौडाहामा छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको जिम्मा माओवादीको काँधमा आएकाले ७० वर्ष नाघिसके पनि देशभर दौडिरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते १६:२५

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशदौडाहामा लागिरहेको बताएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको नगर सम्मेलन तथा जागरणसभालाई सम्बोधन गर्दै प्रचण्डले देशभित्र परिवर्तनलाई उल्टाउन षड्यन्त्र भइरहेकाले त्यसलाई रोक्न आफू पुनः सक्रिय भइरहेको बताए ।

‘देशको जिम्मेवारी लिने ऐतिहासिक अभिभारा पुनः एकपटक हाम्रो काँधमा आएको छ । देशको जिम्मा फेरि एकपटक माओवादीले लिनुपर्ने भएको छ । संविधान निर्माणको प्रमुख हिस्सेदार तथा शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता हुनुको नाताले देशको जिम्मा लिनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘त्यसैले ७० वर्ष नाघे पनि म देशदौडाहामा छु । पूर्वमेचीदेखि महाकालीसम्म पुगिरहेको छु, उकाली आरोली गरिरहेको छु ।’

उनले माओवादी अब कांग्रेस र एमालेको बैशाखी नबन्ने भन्दै आफ्नै जनताप्रति विश्वास गर्ने र आफ्नै भरमा निर्वाचनबाट सरकारको नेतृत्व गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?