+

परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा. सरोजा पाण्डे नियुक्त

२०८१ चैत  १ गते १६:४४ २०८१ चैत १ गते १६:४४
परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा. सरोजा पाण्डे नियुक्त

१ चैत्र, काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई अस्तपाल विकास समितिको अध्यक्ष नियुक्त गरेका हुन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पाण्डेले यही अस्पतालमा १५ वर्षसम्म वरिष्ठ कन्सल्ट्यान्टका रुपमा सेवा गरेकी थिइन् । धनुषाकी डा.पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी गरेकी हुन् । उनी भरतपुर अस्पतालकी रजिष्ट्रार समेत रहेकी थिइन् ।

उनले प्रसूति तथा स्त्री रोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छिन् ।

डाक्टर पाण्डेको नियुक्तिपछि मन्त्री पौडेलले अघि सारेको मातृ शिशु स्वास्थ्य सेवा सुधारको योजनामा थप योगदान हुने विश्वास गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रसूति अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय