+
+
Shares

पूर्वविशिष्टलाई सुविधा दिने तयारी छैन : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री प्रकाशमान सिंहले पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने गरी कानुन ल्याउने तयारीमा सरकार नरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते १७:३४

१ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेको बताएका छन् ।

नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रियामा मन्त्री सिंहले यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको जिकिर गरे ।

‘०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो । अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी गरेको छैन,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त गरेको भन्दै कसैले किस्तीमा राखेर नदिएको बताए । ‘प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको उनको भनाइ छ ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले एकतावद्ध कांग्रेस बनाउनुपर्नेमा जोड दिए । गुट–उपगुट छोडेर एकताबद्ध हुन सके कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?