
काठमाडौं । ‘होस्टेल ३’ले पहिलो साता कति कमायो ? यो प्रश्नमा निर्माता र बक्स अफिसका आ-आफ्नै जवाफ छन् ।
निर्माताले सार्वजनिक गरेको पहिलो साताको कमाइमा फिल्मको ग्रस कलेक्सन ४ करोड ३२ लाख उल्लेख छ । सरकारको आधिकारिक बक्स अफिसमा २ करोड ६८ लाख रुपैयाँ ग्रस छ ।
यी दुई हिसाबबीच १ करोड ६४ लाखको अन्तर छ ।
एउटा कुरा निर्विवाद के हो भने, ‘होस्टेल ३’ सुपरहिट हुने बाटोतर्फ उन्मुख छ । जेन-जी कलाकारलाई समेटेर बनाइएको यो फिल्मले तन्नेरी कलाकारलाई राम्रै अकुपेन्सीसहित हलमा तानिरहेको छ ।
यसैबीच, ‘होस्टेल ३’ विहिबारदेखि मध्यपूर्वमा रिलिज भएको छ । युएई, कतार र बहराइनमा फिल्म प्रदर्शनमा आएको जनाइएको छ ।
फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ । निर्मातामा निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।
फिल्मलाई सशान कँडेल ‘सन्तोष’ले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4